PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

वार्मअप म्याच : स्पेन विजयी, फ्रान्सलाई अमेरिकाले बराबरीमा रोक्यो



पहिलोपोस्ट

वार्मअप म्याच : स्पेन विजयी, फ्रान्सलाई अमेरिकाले बराबरीमा रोक्यो

रसियामा विश्वकप सुरु हुनु अघि भएको वार्मअप म्याचमा विश्वकपको उपाधि दाबेदार स्पेनले साँघुरो जित निकाल्दा अर्को दाबेदार फ्रान्स बराबरीमा रोकिएको छ।

स्पेनले ट्युनिसियालाई १-० ले पराजित गर्दा इआगो आसपासले एक मात्र गोल गरे।

उता फ्रान्स भने अमेरिकासँग १-१ गोलको बराबरीमा रोकियो। जुलियन ग्रीनले गोल गर्दै अमेरिकालाई पहिले अग्रता दिलाएका थिए। तर केएलिन एमबापेले फ्रान्सका लागि बराबरी गोल फर्काए।

यस्तै अलेक्जान्डर मिट्रोभिकको ह्याट्रिक मद्दतमा सर्बियाले बोलिभियालाज्ञ ५-१ ले पराजित गरेको छ। डेनमार्कले मेक्सिकाई २-० ले हराउँदा अष्६रियाले हंगेरीलाई २-१ ले पराजित गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell