PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

आयल निगमबाट गोपाल खड्काले किन दिए राजीनामा ?



पहिलोपोस्ट

आयल निगमबाट गोपाल खड्काले किन दिए राजीनामा ?

काठमाडौः नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बिहीबार एकाएक राजीनामा घोषणा गरे। राजनीतिक शक्तिको आडमा निगममा झन्डै चार वर्ष बिताएका खड्काले किन एकाएक राजीनामा दिए?

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खड्कालार्इ राजीनामा दिन सुझाव दिएका थिए।‘प्रधानमन्त्री ओलीले वालुवाटार बोलाएर राजीनामा दिन सुझाव दिनुभएको थियो’स्रोतले भन्यो,अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनमा रहेको खड्काको मुद्दा तामेलीमा राख्ने आश्वासन दिएपछि खड्काले राजीनामा दिएका हुन्। ‘अहिले अख्तियारमा खड्काको पालामा जग्गा खरिददेखि अरू अनियमितताको छानबिन भइरहेको छ।

यो मुद्दा तामेलीमा राख्ने आश्वासन पाएपछि खड्काले बिहीबार बिहान आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन्।स्रोतका अनुसार ओली निकट व्यवसायीको पहलमा यो व्यवस्थापन गरिएको हो।‘निगमको जग्गा खरिदमा संलग्न व्यवसायी जो ओली निकट छन् उनीहरूकै पहलमा यो व्यवस्थापन भएको हो’स्रोतले भन्यो,’जग्गा खरिद विवाद टुंगिदा त्यसबापतको कमिसनमा समेत कुनै सङ्कट नआउने देखेर उनीहरू सक्रिय भएर ओलीलार्इ मनाएका हुन्।’त्यही व्यापारीहरूका कारण ओली र खड्काबिच राम्रो सम्बन्ध समेत थियो।

भूकम्पका बेलामा त्रिपालमा समेत कमिसन खाने एउटा समूह कम्पनी खडा गरेर तेल ल्याउने र महँगो मूल्यमा जनतालार्इ बिक्री गर्ने योजनामा थियो। त्यही योजना अनुसार खड्काले कार्यकारी निर्देशकको पदलार्इ लाइसेन्सको रूपमा प्रयोग गरे। त्यसमा ओलीको भूमिका पनि शंकास्पद र सन्देहपूर्ण नै थियो।

एकातिर उनी नाकाबन्दीको विरुद्धमा भारतसँग राष्ट्रियताको कुरा गर्दै चीनबाट तेल ल्याउने कुरा गर्थे। अर्कोतिर भारतबाट आएको तेल समेत उपभोक्तालार्इ नदिइ ठूलाठालु पोस्ने खड्कालार्इ संरक्षण गर्थे। खड्काले गरिरहेको अनियमितताको विषय उनको कानसम्म पुगेको पनि उनले सुनेनन्। यतिसम्म कि ओली आफ्ना निकटलार्इ भन्ने गर्थे - सबैले खड्कालार्इ गाली गर्छन् तर उनलार्इ गाली गर्नुपर्ने कारण मैले केही देख्दिन। सबैले उनको किन खेदो खन्छन्?

ओलीको यस्तो प्रतिक्रियापछि गोपाल खड्काविरुद्ध सडक आन्दोलनमा उत्रिएका नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वियुले आन्दोलनमात्र छाडेन, उनलाई अतिथि नै बनाएर भृकुटीमण्डपमा सभाको आयोजना गर्योन। खड्काप्रति ओलीको दृष्टिकोण नबुझेका अखिलका कार्यकर्ता उनीविरुद्ध अख्तियारसम्म उजुरी बोकेर पुगिसकेका थिए। त्यसपछि देशकै ठूलो विद्यार्थी संगठन सधैँ मौन रह्यो।

 

 

 

 

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell