PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

विनियोजन विधेयकका शीर्षकमाथि छलफल शुरु



पहिलोपोस्ट

विनियोजन विधेयकका शीर्षकमाथि छलफल शुरु

काठमाडौँ : संघीय संसद्को प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका शीर्षकहरुमाथि छलफल सुरु भएको छ। 

आज देखि प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विविध शीर्षकमा छलफल शुरु भएको हो। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल भइरहेको छ। 

उक्त मन्त्रालयअन्तर्गत विभिन्न राजनीतिक दलका छजना सांसदले खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। 

बैठक शुरु भएसँगै विशेष समय लिँदै सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अवरोध सिर्जना भएको प्रति आपत्ति जनाएका थिए। 

उनले जग्गाको मुआब्जा लिइसकेर १५ प्रतिशत काम सकिएको अवस्थामा निर्माण कार्य अवरोध गर्नेमाथि कारवाही गर्न माग गरे। संसदमा विशेष समय लिएर बोल्ने क्रम जारी छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell