PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मानव खप्परसहित दुई जना पक्राउः तन्त्रमन्त्रको लागि ल्याइएको थियो खप्पर



पहिलोपोस्ट

मानव खप्परसहित दुई जना पक्राउः तन्त्रमन्त्रको लागि ल्याइएको थियो खप्पर

काठमाडौँ : प्रहरीले मानव खप्परसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार राति १९ वर्षीय निमा तामाङ र १७ वर्षीय छिरिङ लामालाई पक्राउ गरेको हो। दुवै जनासँग प्रहरीले एक थान मानव खप्पर बरामद गरेको हो।

उनीहरूले खप्पर तन्त्रमन्त्रको लागि ल्याएको प्रहरीले जानकारी दिएको छ। खप्पर १० लाख रुपैयाँसम्म किनबेच हुन गरेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell