PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

सलमानद्वारा नेपाली दर्शकलाई इदको शुभकामना



पहिलोपोस्ट

सलमानद्वारा नेपाली दर्शकलाई इदको शुभकामना

बलिउड अभिनेता सलमान खानले नेपाली दर्शकलाई आउँदै गरेको इदको शुभकामना दिएका छन्। सामाजिक सञ्जाल यूट्युबमा श्रव्यदृश्य सार्वजनिक गर्दै उनले मुस्लिम धर्मालम्बीको विषेश चाड इदको शुभकामना दिएका हुन्।

इदको अवसरमा उनको फिल्म 'रेस थ्री' प्रदर्शन हुने भएको छ। आफ्नो फिल्मको प्रचार प्रप्सका रुपमा उनले उक्त श्रव्यदृश्य सार्वजनिक गरेका हुन्। सलमान हरेक ईदमा आफ्नो फिल्म प्रदर्शनमा ल्याउँछन्। बलिउड फिल्मकर्मी इदमा आफ्नो फिल्म प्रदर्शन गर्न डराउँछन्।

सलमानको स्टारडमसँग नेपाली फिल्मकर्मी पनि रिस्क मोल्न चाहँदैनन्। यो साता कुनै नेपाली फिल्म प्रदर्शनमा छैनन्। प्रतीक्षित फिल्म 'रेस थ्री' ११३ पर्दामा एकसाथ नेपाल प्रदर्शनमा आउनेछ।

फिल्ममा सलमानसँगै ज्याकलिन फर्नान्डेज, सकिव सलिम, दिया शाह, अनिल कपुर, बबी देवलको मुख्य अभिनय छ।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell