PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

'सयकडा दश'को छायाँकन सकियो



पहिलोपोस्ट

 'सयकडा दश'को छायाँकन सकियो

काठमाडौं: रामशरण पाठकको निर्देशनमा फिल्म 'सयकडा दश'को छ छायाँकन सकेको छ। निर्माण टिमले फिल्मका मुख्य कलाकारद्वय अमृत ढुंगाना र करुणा श्रेष्ठ फिचर्ड तस्विर सार्वजनिक गरेका छन्।

फिल्मको छायाँकन काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा सम्पन्न भयो। भ्रष्टाचारविरुद्ध सदाचार समाज निर्माणको विषयमा फिल्म केन्द्रित छ। फिल्ममा अमृत र  करुणासँगै मनोज गजुरेल,  राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा लगायतको अभिनय छ।  

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्मित फिल्ममा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत छ। रज्जु प्रधान र उत्तम खत्रीले फिल्मका निर्माता हुन्।      



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell