PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

अस्पतालको लकरमा पेस्तोल!



पहिलोपोस्ट

अस्पतालको लकरमा पेस्तोल!
प्रतीकात्मक फोटो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाजगञ्जको लकरमा हतियार फेला परेको छ। 

लामो समयदेखि बन्द रहेको लकर खोलेर हेर्दा एउटा पेस्तोल र केही थान गोली फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए। 

एसएसपी पोखरेलले भने, 'लामो समयदेखि बन्द रहेको लकरबाट हतियार फेला परेको हो। हतियार कसको हो, खुलेको छैन।'

अस्पतालको रेडियोलोजी शाखामा २६ वटा लकर छ। लामो समयदेखि लकर प्रयोगमा नआएकाले अस्पतालले खाली गर्न सूचनासमेत जारी गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell