PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बेइजिङ ट्रान्जिटमै परराष्ट्र मन्त्री ज्ञवालीद्वारा प्रम ओलीको भ्रमणबारे 'अपडेट'



विधुर ढकाल

बेइजिङ ट्रान्जिटमै परराष्ट्र मन्त्री ज्ञवालीद्वारा प्रम ओलीको भ्रमणबारे 'अपडेट'

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका विषयमा जानकारी लिएका छन्। 
मंगोलियाको उलनबटार जाँदै गर्दा बेइजिङमा ट्रान्जिटका क्रममा उनले त्यहाँस्थित नेपाली दुतावासका प्रतिनिधिहरुसँग प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका विषयमा जानकारी लिएका थिए। 

शनिबार मंगोलियाका लागि प्रस्थान गरेका उनी ट्रान्जिटका क्रममा बेइजिङ उत्रिएका हुन्। बेइजिङमा मन्त्री ज्ञवालीको कुनै औपचारिक कार्यक्रम भने छैन। ट्रान्जिटका क्रममा उनले नेपाली दुतावासका प्रतिनिधिहरुसँग भ्रमणका विषयमा छलफल गरेको नेपाली दुतावासका अधिकारीले जानकारी दिए। 

ज्ञवाली सोमबार र मंगलबार मंगोलियाको उलनबटारमा आयोजना हुने भूपेरिवेष्टित विकासोन्मुख राष्ट्रहरुको अन्तर्राष्ट्रिय थिंक ट्यांक (आइटीटी–एलएलडीसीज)को बैठकमा सहभागी हुन मंगोलिया गएका हुन्। 

बैठकमा प्रत्यक्ष वैदेशिक लगानी, सूचना तथा संचार प्रविधि र कनेक्टिभिटीका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 
२०१७ को अगस्टमा स्थापना भएको आइटीटी–एलएलडीसीजको संस्थापक सदस्य हो। उलनबटार बसाईका क्रममा उनले त्यहाँका उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उनले मंगोलियाका समकक्षी दामदीन सोग्टोबटारसँग द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। 

परराष्ट्रमन्त्री ज्ञवालीको साथमा चीनका लागि नेपालका राजदुत समेत रहेका मंगोलियाका लागि नेपालका गैरआवासीय राजदुत लीलामणि पौडेलसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागी छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell