
काठमाडौं: ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को काठमाण्डौं अडिशन असार ३ बाट शुरु हुने भएको छ। पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले आयोजना गर्न लागेको अडिशन दरबारमार्गस्थित दरबार लञ्जमा हुनेछ।
हाल राजधानीका विभिन्न क्याम्पसहरुमा कलाकारहरुको साथमा क्याम्पेनिङ्ग भईरहेको छ। कलाकार सलोन बस्नेत र आमेश भण्डारी प्रतियोगिताका निर्णायक हुन्। आयोजक टीममा यूविका श्रेष्ठ र रबिन कँडेल पनि रहेका छन्।
फिल्म तथा संगीत क्षेत्रमा विशेष अवसर दिने उद्देश्यका साथ आयोजना भएको प्रतियोगिता दुई चरणमा हुनेछ । काठमाडौंसहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा, विराटनगर, बाग्लुङ्ग र म्याग्दीमा ‘मिस्टर एण्ड मिस एम्पेरर’ हुनेछ । विजेता तथा फस्ट रनरअप र सेकेण्ड रनरअप गरी हरेक शहरबाट छ-छ जनाले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन् ।
प्रतियोगिताको आवेदन वितरण भईरहेको आयोजक टिमका एकले जनाएको छ।