PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रसिया विश्वकपमा प्रभाव पार्न सक्ने युवा खेलाडी : 'एल चकी', 'सर्जेन्ट' र 'द बुल' देखि इरानी मेसीसम्म



पहिलोपोस्ट

रसिया विश्वकपमा प्रभाव पार्न सक्ने युवा खेलाडी : 'एल चकी', 'सर्जेन्ट' र 'द बुल' देखि इरानी मेसीसम्म

रसिया विश्वकपमा प्रभाव पार्न सक्ने युवा खेलाडी 'एल चकी', 'सर्जेन्ट' र 'द बुल' जस्ता  युवा विश्वकप सुरुहुन अब केही दिनमात्र बाँकी छ। हामी सबैजना रसिया विश्वकपमा प्रभाव पार्न सक्ने लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेमार जस्ता सुपरस्टार खेलाडीहरुका बारेमा जानकार नै छौं। तर नयाँ पिढीँका खेलाडीहरुमा विषयमा भने हामी कम मात्रै जानकार छौं।

रूसमा जम्मा हुने ७३६ खेलाडीहरुमध्ये केहि पुरै रुपमा अपरिचित हुनेछन्। तर त्यहाँ केही नयाँ अनुहारहरुले विश्व स्तरमा आफ्नो प्रभाव देखाउन प्रयत्न गर्नेछन्। 

बीबीसीले प्रिमियर लिग बाहिरबाट छानेका १५ हेर्नलायक युवा खेलाडीहरु

 

१‍ हिर्भिङ् लोजानो (मेक्सिको)

वर्ष : २२, स्थान : विङ्गर, क्लब : पिएसभी इण्डहोभन (नेदरल्याण्ड्स)

बाल्यकालमा लाजानोलार्इ 'एल चकी' उपनाम दिइएको थियो, जब उनले खाट मुनि लुकेर अन्य केटाहरूलाई तर्‍साउने प्रयास गर्थे। मेक्सिकोको क्वालिफाइङ खेहहरुमा चार गोल गरेका लाजानोलार्इ  फिफा योङ स्टार २०१७ को सूचीमा राखिएको थियो। यस्तै पिएजभीलाई लिगको उपाधि जिताउन उनले ३४ खेलमा १९ गोल गरेका थिए।

 

२ क्रिस्टियन पाभोन (अर्जेनटिना)

वर्ष : २२ स्थान : विङ्गर, क्लब : बोका जुनियर्स (अर्जेन्टिना)

पाभोन बाँयाबाट आफ्नो दायाँ खुट्टामा बल खेलाउन सिपालु छन् र लियोनेल मेसीसँग समझदारी देखाउँदै छन्। अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोली भन्छन् 'क्रिस्टियन एक त्यस्ता खेलाडी हुन जो मेसीसँग कुराकानी गर्न विशेष क्षमता राख्छन्।। उनी ठाउँमा जान्छन्, आफ्ना सबै समय खेल प्रति समर्पित गर्छन र उसँग महत्त्वपूर्ण गतिशीलता छ।  '

 

३ एलेक्सेई मिराचन्क (रसिया)

वर्ष :२२, स्थान : एट्याकिङ मिडफिल्डर, क्लब : लोकोमोटिभ मोस्को (रसिया)

राइट विङ्ग वा अप फ्रन्ट साइडबाड खेल्ने मिराचन्कले लोकोमोटिभलार्इ २००४ पछि रसियन प्रिमियर लिगमा विजय गराउनका लागि ७ गोल गरेका थिए। उनका जुडुवा भाइ भने मिडफिल्डर हुन्।

 

४ ब्रिल इम्बोला (स्विट्जरल्याण्ड)

वर्ष :२२, स्थान : एट्याकिङ मिडफिल्डर,  क्लब : लोकोमोटिभ मोस्को (रसिया)

क्यामरुनको राजधानी एम्बोलोमा जन्मिएका उनी पाँच वर्षहुँदा सम्म त्यँही बस्थे। फ्रान्समा एक वर्ष बसेपछि उनी बासेल गए। २०१४ देखी स्विस पासपोर्ट बोक्दै छन्। 'ओ इम्बोलो' ओ इम्बोलो' ('लायन सिलभ्स टुनाइट' को धुनमा) गाउने उनी स्विट्जरल्याण्डका प्रशंसकहरूका स्टार खेलाडी हुन्।

 

५ रेनाटो टपीअ (पेरु)

वर्ष :२२ स्थान : मिडफिल्डर, सेन्टर हाल्फ, राइट ब्याक  क्लब : फेयेनुर्ड (नेदरल्याण्ड्स)

युथ वर्ल्डकपमा देखेपछि १६ वर्षको उमेरमा लिभरपूलमा परीक्षणका लागि उनले २०११ मा पेरु छाडेका हुन्। उनले २०१६ मा डच पत्रिका भिटेल इन्टरनेसनलमा अन्तरवार्ता दिदै उनी ६ फिट हुँदाहुदै पनि रेडसले उनलार्इ होचो भनेको बताएका थिए। उनको उचार्इ हाल आधा इन्च बढेको छ।

 

६ सरदार अजमोन (इरान)

वर्ष :२३, स्थान : स्ट्राइकर,  क्लब : रुबिन कजान (रसिया)

ड्रिबलिङ क्षमताको कारण 'ईरानी मेस्सी' र हावामा गुणस्तर प्रदर्शन का कारण 'इरानी ज्लतन' का रूपमा अजमोन परिचित छन्। अजमोन जनवरी २०१६ मा लिभरपूलसँग आबद्ध हुने कुरा थियो तर  भौति करुपमा उनको त्यहाँ कहिल्यै भएन।

 

६ अक्राफ हकिमी (मोरोक्को)

वर्ष : १९, स्थान : फूलब्याक,  क्लब : रियल म्याड्रिड (स्पेन)

स्पेनको गेटेफेमा जन्मेका हकिमीका आमाबाबु भने मोरक्कोका थिए।  उनले एटलस लायन्सको लागि १९ वर्षको उमेरमा रियल म्याड्रिडको लागि आफ्नो पहिलो खेल खेलेका थिए।

 

८ आन्ड्रे सिल्भा (पोर्चुगल)

वर्ष :२२, स्थान : स्ट्राइकर,  क्लब : एसी मिलान (इटाली)

पोर्चुगलका लागि सिल्भाले २२ खेलमा १२ गोल गरेका छन्। समर २०१७ मा उनी ३३ मिलियन युरोमा पोर्टोबाट एसी मिलान गएका थिए।

 

९ रोड्रिगो बेनटानकर (उरुग्वे)

वर्ष :२०, स्थान : मिडफिल्डर,  क्लब : युभेन्ट्स (इटाली)

युभेन्टसले बेनटानकरलार्इ २०१५ मा आफ्नो क्लब भित्राउज सम्झौतामा हस्ताक्षर गरेको थिए जसमा कार्लोस टेभेजलार्इ बोका जूनियर्समा सारिएको थियो। अन्ततः उनी जुलाई २०१७ इटालियन क्लब युभेन्टसमा ८ मिलियन युरोमा सामेल भए।

 

१० अलीरेजा जहानबक्स् (इरान)

वर्ष :२४, स्थान : स्ट्राइकर,  क्लब : एजे अल्कमार (नेदरल्याण्ड्स)

एजे अल्कमारका लागि जहानबक्सले २१ गोल गर्नुका साथै १२ एसिस्ट गरेका छन्। यसैसँग उनी मध्य पूर्व वा एशियाबाट धेरै गोल गर्ने पहिलो फुटबल खेलाडी बनेका थिए।

 

११ सर्जी मिलिङ्कोभिक - साविक (सर्बिया)

वर्ष : २३, स्थान : मिडफिल्डर,  क्लब : लाजिओ (इटली)

सर्जेन्ट उपनाम पाएका मिलिङ्कोभिक-साविक ६ फिट ४ इन्च अग्ला छन्। उनकी आमा एक व्यवसाहिक बास्केटबल खेलाडी थिइन् र ६ फिट ८ इन्च अग्ला उनका भाइ वानजाले २०१४ मा म्यानचेस्टर युनाइटेडसँग आबद्ध हुन हस्ताक्षर गरेका थिए तर काम गर्ने अनुमति नपाएपछि उनले युनाइटेडबाट खेल्न पाएनन्।

 

१२ युएरी टेइलेमान्स (बेल्जियम)

वर्ष : २३, स्थान : मिडफिल्डर,  क्लब : मोनाको (फ्रान्स)

टेइलेमान्सका अनुसार ४ वर्षको उमेरबाट खेलेको जुडोले उनको फुटबल क्यारियरमा मद्दत पुर्‍यायो। उनी भन्छन्: 'यसले मलाई धेरै सिकाएको छ किनभने यसमा तपाईलाई सोच्नु पर्नेहुन्छ। तपाईले आफ्नो क्षमता प्रयोग गरेर प्रतिद्वन्दीको कमजोरीसँग खेल्नुपर्छ। तपाईले आफ्नो टाउको प्रयोग गर्नु पर्छ र त्यहो नै यसको संस्कृति हो। "

 

१३ इस्माइला सर्र (सेनेगल)

वर्ष : २०, स्थान : फरवार्ड,  क्लब : रेन्स (फ्रान्स)

लिभरपुलका सडियो मानेलार्इ उत्पादन गरेका जेनेरेसा फुट एकाडमीबाटै इस्माइला सर्र आएका हुन्। उनले बार्सिलोनाबाट खेल्न अस्विकार गरेको बताउने उनी रेन्नसभन्दा अगाडी न्युक्यासल र बोरुसिया डर्टमन्डसँग जोडिएको थिए।

 

१४ उरोस स्पाजिक (सर्बिया)

वर्ष : २५, स्थान : सेन्टर ब्याक,  क्लब : क्रास्नोडर (रसिया)

बेल्जियन पक्षमा एक वर्षको खेलेपछि स्पाजिकले २०१७ मा ट्लोउजबाट २ मिलियन पाउण्डसहित एन्डरलेक्ट प्रवेश गरेका थिए।

धेरे विश्वासिलो र बहादुर सेन्टर ब्याकका रुपमा रहेका उनी खेल मैदानमा सजक रहन्छन्।

 

१५ म्याक्सी गोमेज (उरुग्वे)

वर्ष :२१, स्थान : स्ट्राइकर,  क्लब : सेल्टा भिगो (स्पेन)

'द बुल' उपनामकाट परिचित गोमेजले सीजनमा सेल्टा भिगोका लागि १८ गोल गरेका छन्। उनले बार्सिलोना र रियल म्याड्रिड दुवै विरुद्ध राम्रो स्ट्राइक प्रदर्शन गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell