PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

विश्वकप फिभर : जर्सी बिक्री बढ्यो, व्यापारी भन्छन् : ब्राजिल र अर्जेन्टिनाको जर्सीको माग धेरै



पहिलोपोस्ट

विश्वकप फिभर : जर्सी बिक्री बढ्यो, व्यापारी भन्छन् : ब्राजिल र अर्जेन्टिनाको जर्सीको माग धेरै

काठमाडौं : विश्वकप नजिकीँदै गर्दा महावौद्धमा जर्सी किन्नेको चाप दिनानुदिन बढ्दै गएको छ।

दश दिन अगाडी चाइनाबाट दुई हजार पिस जर्सी ल्याइएकोमा १७ सय जर्सी बिक्री भइसकेको न्यू आरडी ट्रेडरका विक्रेता नवराज रेग्मीले बताए। जर्सीको होलसेल मूल्य ४ सय २५ रुपैयाँ रहेको उनले जानकारी दिए।

ब्राजिल, अर्जेन्टिना, इङल्याण्ड, पोर्चुगल, स्पेन र जर्मनीको जर्सी बिक्रीमा राखिएको मध्ये ब्राजिलको र अर्जेन्टिनाको जर्सी धेरै बिक्री भएको रेग्मीले भने।

सर्वसाधारणको मागले नै हो विश्वकप २०१८ को लागि खुद्रा व्यापारीहरुले अन्य राष्ट्रको तुलनामा ब्राजिल र अर्जेन्टिनाको जर्सी किनेर लाने गरेका छन्।

कपडाको क्वालीटी र डिजाइन अनुसार जर्सीको मूल्य फरक हुने गरेको बताउँछन् दिव्य इन्टरप्राइजेजका संचालक होमनाथ दङ्गाल। अहिले तत्काल जर्सीको व्यापार सोचेजस्तो नभएपनि विस्तार विस्तार माग बढ्दै गएको उनले बताए।

'जर्सीकै व्यापार बारे कुरा गर्ने हो चने अहिले व्यापार बाँडिन थालेको छ। प्राय सबै पसलमा जर्सी राख्न सुरु गरिसकेका छन्। पहिला धेरै मात्रामा ल्याइन्थ्यो। वर्ल्डकप चलुन्जेल हो जर्सीको माग। त्यसपछि स्टकमै रहन्छ। अहिले ठिकै ल्याएका छौँ।' दङ्गालले भने।

कपडाको क्वालिटी, डिजाइन अनुसार विभीन्न थरीका जर्सीको होलसेल मूल्य ३ सय ५० रुपैयाँ देखि ७०० रुपैयाँ सम्म रहेको छ। ब्राण्डको लोगो राखिएको जर्सीको मूल्य अन्य जर्सीको तुलनामा महँगो रहेको उनी बताउँछन्।

उनका अनुसार तीन सय पचास रुपैयाँका जर्सी धेरै बिक्री हुने गरेको छ। अधिक विक्री हुने जर्सीमा क्रमश: ब्राजिल, अर्जेन्टिना, जर्मनी, पोर्चुगल, फ्रान्स र स्पेनको जर्सी रहेको उनले बताए।

जर्सीको माग अघिपछिभन्दा बढेकोबारे होलसेलर विक्रेता लता इन्टरप्राइजेजले बताएको छ।

दैनिक पाँच सय पिस जर्सी बिक्री हुने गरेको विक्रेता प्रदीप न्यौपानेले बताए। उनका अनुसार विभिन्न राष्ट्रका जर्सीको होलसेल मूल्य पाँच सय पचास रुपैयाँ देखि १३ सय रुपैयाँसम्म रहेको छ। जर्सीको कपडाको क्वालिटी र डिजाइन अनुसार मूल्य निर्धारण हुने गरेको न्यौपानेले बताए।

उनले पनि ब्राजिल र अर्जेन्टिनाको जर्सी धेरै बिक्री हुने बताए।     

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell