PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

इदुल फितरको दिन परीक्षा राखेकोमा मुस्लिम संघको विरोध



पहिलोपोस्ट

काठमाडौं : इदुल फितरको दिन वीपी कोइराला इन्स्टिच्यूट अफ हेल्थ साइन्स धरानले एमडी र एमएसको प्रवेश परीक्षा राखेकोमा मुस्लिङ संघले आपत्ति जनाएको छ।

जेठ पहिलो सातादेखि विश्वभरका मुस्लिमले झै नेपाली मुस्लिमहरुले पनि एक महिना लामो रोजा बसिरहेका छन्। यस वर्षको इद (इदुल फितर) असार २ वा ३ गते पर्न गएको छ। 

मुस्लिम समुदायको प्रमुख पर्वको दिनमै राखिएको प्रवेश परीक्षा तय गर्नुलाई ‘मुस्लिम विद्यार्थीलाई पाखा लगाएर परीक्षा लिन खोजेको’ आरोप संघले लगाएको छ। 

संघले परीक्षा मिति सच्याउन आग्रहसमेत गरेको छ। त्यसैगरी उक्त दिन कुनै परीक्षा नराखिदिन नेपाल मुस्लिम संघले संपूर्ण शैक्षिक संस्था, स्कूल, कलेजलहरुसँग अनुरोध गरेको छ। 

तय गरिएको परीक्षाको कार्यक्रम स्थगित नगरिए नेपाल मुस्लिम संघले कडा कदम चाल्ने जनाएको छ। 

सरकारले मुस्लिम समुदायको इद (इदुल फितर), इदुलअदहा ( बकर इद) तथा मोहम्मद जयन्ती जस्ता पर्वमा दिइँदै आएको बिदा कटौती गरेकोमा पनि आन्दोलन गर्दै आएको छ। यसैलाई लिएर संघ जेठ ७ गतेदेखि आन्दोलनमा रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell