PahiloPost

Jun 15, 2026 | १ असार २०८३

‘फ्रम इन्डियाज फ्रिडम टू नेपाल्स डेमोक्रेसी’ सार्वजनिक 



पहिलोपोस्ट

‘फ्रम इन्डियाज फ्रिडम टू नेपाल्स डेमोक्रेसी’ सार्वजनिक 

काठमाडौं : पहिलो नेपाली फिल्म ‘राजा हरिश्चन्द्र’का निर्देशक तथा नेपाली कांग्रेसका संस्थापक डिबी परिहार (परियार)को संस्मरणमा आधारित पुस्तक ‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्स डेमोक्रेसी’ सार्वजनिक भएको छ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, फिल्म निर्माता तथा निर्देशक यादव खरेल लगायतले पुस्तक सार्वजनिक गरेका हुन्।

शंकर तिवारीले सम्पादन तथा शिखा बुक्सले पुस्तक प्रकाशन गरेको हो। २००४ सालदेखि उनका समकालीन साथीहरुसँग कुरा गरेर सामग्री तयार गरेको जानकारी सम्पादक तिवारीले दिए। २०४१ फागुनमा सुरु गरी २०४२ वैशाखमा पूरा गरेर भोला चटर्जीलाई पठाएको लामो चिठीबाट पनि त्यसबेलाको निरासा, व्यावहारिक समस्यालाई पुस्तकमा चित्रण गरेको बताए। गान्धी दर्शन अध्ययनका लागि भारत गएका बेला चटर्जीलाई पढेपछि नै डिबी परियारसम्म पुगेको तिवारीले रचना गर्भ सुनाए।  २ सय १२ पृष्ठमा संरचित पुस्तकको मुल्य ३२५ रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell