PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

दोलखामा बोलेरो दुर्घटनाः दुई जनाको मृत्यु, आठ जना घाइते



पहिलोपोस्ट

दोलखामा बोलेरो दुर्घटनाः दुई जनाको मृत्यु, आठ जना घाइते

चरिकोटः दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित अन्य आठ जना घाइते भएका छन्।

मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए।

बा १४ च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा आइतबार साँझ भएको सो दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन्।

घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell