PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

संघीय संसद्को संयुक्त बैठक, सभा र समिति सञ्चालन नियमावली पेस हुने



पहिलोपोस्ट

संघीय संसद्को संयुक्त बैठक, सभा र समिति सञ्चालन नियमावली पेस हुने

काठमाडौँः संघीय संसद्को संयुक्त बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन सम्बन्धी नियमावली पेस हुनेछ। 

संयुक्त नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले मस्यौदा संयुक्त बैठकमा पेस गर्नेछन्। 

नियमावलीमा सदनको संयुक्त बैठक सञ्चालनको कार्यविधि, समिति गठन, सदस्य तथा बैठक सञ्चालन विधि समेटिएको छ। यस्तै, संयुक्त सदनबाट निक्र्यौल हुनुपर्ने विषय पनि नियमावलीमा समेटिएको छ।

प्रस्ताविन नियमावली अनुसार संयुक्त बैठकको अध्यक्षता प्रतिनिधिसभाका सभामुखले गर्नेछन्। जुन हाल अभ्यास भइरहेको छ। 

संयुक्त नियमावली अनुसार दुबै सदनका सदस्य रहनेगरि दुई समिति गठन हुनेछन्। जसमा राज्यका नीति निर्देशक सिद्धान्त अनुगमन कार्यान्वयन तथा निर्देशन समिति र संसदीय सुनुवाइ विशेष समिति रहनेछन्। 

यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यसञ्चालन नियमावली भने दुबै सदनले पारित गरिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell