PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

तथ्यचित्रमा विश्वकपः बुझ्नुस् सात चार्टमा अहिलेसम्मका विश्वकपका तथ्याङ्क



पहिलोपोस्ट

तथ्यचित्रमा विश्वकपः बुझ्नुस् सात चार्टमा अहिलेसम्मका विश्वकपका तथ्याङ्क

विश्वकप फुटबल सुरु हुन अब तीन दिनमात्र बाँकी छ। फुटबलको महाकुम्भ सबैका लागि चासोको विषय छ।

समर्थकबीच चर्चा चल्ने गर्छ –कुन टिम कस्तो? कसले जित्ला कप? कुन खेलाडीको प्रदर्शन कस्तो होला?

विश्वकप नजिकिँदै गर्दा यस्ता प्रश्नहरू पनि बढ्ने गरेका छन्।

 

विश्वकप जित्ने राष्ट्र

हालसम्म आठ राष्ट्रले विश्वकप जितेका छन्। विश्वकप विजेताको सूचीमा ब्राजिल पाँच उपाधिसहित शीर्ष स्थानमा छ। यस्तै इटली र जर्मनीले चार पटक, अर्जेन्टिना र उरुग्वेले दुर्इ पटक विश्वकप  जितेका छन्। इङ्ग्ल्याण्ड स्पेन र फ्रान्सले समान १/१ पटक उपाधि जितेको छ।

ब्राजिलले अन्तिम पटक सन् २००२ मा विश्वकप जितेको थियो। २०१४ मा  विश्वकप आयोजना गरेको ब्राजिल सेमिफाइनलमा ७-१ गोल अन्तरले पराजित भएको थियो।

युरोपेली र दक्षिण अमेरिकी राष्ट्रबाहेक अरूले अहिलेसम्म विश्वकप जितेका छैनन्। जर्मनी, स्पेन र इटलीले पछिल्लो तीन प्रतियोगितामा विजयी भएपछि युरोपेली राष्ट्रले ११ पटक र दक्षिण अमेरिकी राष्ट्रले नौ पटक विश्वकप उपाधि जितेका छन्।

 

सर्वाधिक गोल गर्ने खेलाडी

जर्मनीका मिरोस्लाभ क्लोज सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा छन्। क्लोजले विश्वकपमा सर्वाधिक १६ गोल गरेका छन्। सन् २०१६ मा खेलबाट सन्न्यास लिएका उनी यसपाली जर्मनीको टोलीका सदस्यका रूपमा रुस जाँदैछन्।

ब्राजिलका रोनाल्डो कुल १५ गोलसहित दोस्रो स्थानमा छन्। उनले २००२ मा  ब्राजिलले विश्वकप जितेका खेलहरूमा आठ गोल गरेका थिए।

फ्रान्सका जुस्ट फोंतेनलको नाममा एउटै प्रतियोगितामा सर्वाधिक गोल गरेको कीर्तिमान छ। १९५८ को विश्वकपका ६ खेलमा फोंतेनलले १३ गोल गरेका थिए।

 

हाल सहभागी खेलाडीहरू

जर्मनीका मिड्फिल्डर थोमस मुलर मात्र एक यस्ता खेलाडी हुन जसले दश वा सोभन्दा बढी गोल गरेका खेलाडीका रूपमा यो विश्वकपमा सहभागी हुँदैछन्।

जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानको बराबरी गर्नका लागि मुलरले एउटै प्रतियोगितामा पाँच गोल गरेको आफ्नै कीर्तिमान भङ्ग गर्नुपर्नेछ।

कोलम्बियाका फर्वार्ड जेम्स रोड्रिगेजले गत विश्वकपमा गोल्डेन बुट जितेका थिए। यो वर्ष पनि त्यस्तै प्रदर्शन गर्नसके उनले सर्वोत्कृष्ट खेलाडीको रूपमा आफूलाई प्रमाणित गर्नेछन्।

गोल गर्नेको सूचीमा भएका एकमात्र डिफेन्डर मेक्सिकोका राफाएल मार्केस पाँचौँ पटक विश्वकपमा सहभागी हुँदैछन्। उनले र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले समान तीन गोल गरेका छन्।

 

गोलपोस्टमा प्रहार गर्न छाडे

गत विश्वकपमा सबैभन्दा थोरै गोलपोस्ट लक्षित प्रहार भएका थिए।

१९८२ मा स्पेनमा भएको विश्वकपयता २०१४ मा भएका प्रत्येक खेलमा औसत २.७ गोल भएको थियो। जुन हालसम्म कै उच्च थियो।

लामो दुरीबाट प्रहार गरिएका बलको सङ्ख्या घट्दो गएको छ।  एक राम्रो उदाहरणका लागि गत विश्वकपको फाइनल खेल र ओप्टाले तथ्याङ्क राखेको इङ्ग्ल्यान्ड विजयी भएको १९६६ को खेल।

१९६६ को फाइनलमा बक्सबाट भन्दा बाहिरबाट दोब्बर संख्यामा बल प्रहार भएको थियो। तर २०१४ को फाइनल खेलमा भने २० प्रहारमध्ये धेरै पेनाल्टी एरियाभित्रबाट भएका थिए।

 

इङ्ग्ल्याण्ड र प्रिमियर लिग

१९६६ मा विश्वकप जितेपछि इङ्ग्ल्याण्ड एकपटक मात्र क्वार्टर फाइनलभन्दा माथि पुग्न सकेको छ। तर त्यसले विभिन्न राष्ट्रका राष्ट्रिय टोलीका खेलाडीहरूलार्इ इङ्ग्लिस लिगमा खेल्ने रोकेको छैन।

लेरोय सेन, मार्कस अलोन्सो र डेभिड लुइज जस्ता खेलाडीहरू आफ्नो देशका राष्ट्रिय टोलीमा पर्न सकेनन्। तर पनि अन्य लिगभन्दा प्रेमियर लिगले नै धेरै खेलाडी जन्माएको देखिन्छ।

इङ्ग्ल्याण्डका तीन चर्चित लिगका विभिन्न क्लबमा अनुबन्धित १३० जना खेलाडीहरू विश्वकपमा छानिएका विभिन्न टोलीबाट खेल्दैछन्। यस्तै स्पेनको क्लबबाट ८१ र जर्मनको क्लबबाट ६७ खेलाडी  छानिएका छन्। उरुग्वे, पानामा, साउदी अरेबिया र रसिया मात्र त्यस्ता देश हुन् जसको टोलीमा इङ्ग्ल्यान्डका कुनै क्लबबाट खेल्ने खेलाडी रहेका छैनन्।

इङ्ग्ल्यान्ड फुटकल टोलीका सबै २३ जना खेलाडी एउटै लिगमा खेल्छन्। यस्तै स्वीडन र सेनेगलका टोलीमा भने घरेलु लिगमा खेल्ने खेलाडी परेका छैनन्।

 

रसियाको प्रदर्शन

ब्राजिलले दुई पटक विश्वकप आयोजना गर्दाको क्षण सम्झाइराख्नु पर्दैन। १९५० मा उरुग्वेसँग पराजित भएको ब्राजिल २०१४ मा जर्मनीसँग ७-१ ले  पराजित भएको थियो जसबाट पुरै राष्ट्र लज्जित बन्न पुगेको थियो।

तर अन्य आयोजक देशले घरेलु समर्थन पाउँदा राम्रो प्रदर्शन गरेका छन्। रसियाले उरुग्वे, इजिप्ट र साउदी अरबलाई समूह चरणमा हराउँदै विश्वकमा राम्रो प्रदर्शनको आशामा हुनेछ।

यदि यसो भएमा दक्षिण अफ्रिकामात्रै त्यस्तो राष्ट्र हुनेछ जो आफ्नै भूमिमा आयोजित विश्वकप प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको थियो।

 

पेनाल्टीको अवस्था

पेनाल्टीको विवरण विना कुनै पनि विश्वकपबारे तयार पारिने सामग्री अपूर्ण जस्तै हुन्छ।

विश्वकपमा हालसम्म जर्मनीका एक खेलाडीले मात्रै पेनाल्टी खेर फालेका छन्। तर जर्मनीले पेनाल्टीको अवसर पाएका चारवटै खेल जितेको छ। जर्मनीले १९८२ देखि पेनाल्टीबाट १५ गोल गरेको छ।

विश्वकपको इतिहासमा पेनाल्टीबाट सुखद नतिजा ल्याउन नसक्ने टोली इङ्ग्याण्ड हो। तीनपटक पेनाल्टीका माध्यमबाट खेलको टुङ्गो लगाइँदा इङ्ग्याण्डले कुनै खेलमा जित हासिल गर्न सकेन।

पेनाल्टीमा राम्रो प्रदर्शन गर्न नसकेको इटली पनि तीनपटक विश्वकपबाट बाहिरिएको थियो। रोबर्टो बाजियोले १९९४ मा ब्राजिलविरुद्धको फाइनल प्रहार गरेको पेनाल्टी गोलपोस्टमाथिबाट गएको थियो। तर २००६ मा फ्रान्सलाई पेनाल्टी प्रहारबाटै हराउँदै इटलीले विश्वकप जितेको थियो। जसले इटलीले पेनाल्टीबाट भोगेको तितो अनुभव केही कम गरेको थियो।

अनुवादः बीबीसी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell