PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

विश्वकपकी ब्रान्ड एम्बासडर भिक्टोरिया नेमारको फ्यान



पहिलोपोस्ट

विश्वकपकी ब्रान्ड एम्बासडर भिक्टोरिया नेमारको फ्यान

भिक्टोरिया लप्रेयभा फिफा विश्वकप २०१८ का लागि ब्रान्ड एम्बासडर हुन्।  मिस रसिया २००३ उनले विश्वकपमा खेलहरूको चर्चा गर्नेछिन् भने यसका उद्देश्यहरुबारे समेत प्रचार गर्नेछिन्।

उनी युएनएडका पनि विशेष दूतमा नियुक्त भइसकेकी छन्। एचआइभी एड्सबाट बच्ने सन्देश प्रचारका लागि उनी युएनएडमा चयन भएकी थिइन्। विश्वकपमासमेत उनले यसबारे चेतना फैलाउँनेछिन्। त्यसो त उनले रसियन संस्कृतिको प्रचार पनि गर्नेछिन्।

ब्राजिलियन स्ट्राइकर नेमारको फ्यानसमेत रहेकी उनले सन् २००७ बाट फुटबल शो'को उद्घोषण गर्न थालेकी थिइन्। भिक्टोरिया फुटबल शो कार्यक्रमको इतिहासमै रुसकै पहिलो महिला उद्घोषिका हुन्।

जुन २६, १९८३ मा रोस्तोभ अन डनमा जन्मेकी उनी डिभोर्सी हुन्। रुसका राष्ट्रिय टोलीका स्ट्राइकर फेडोर स्मोलोभसँग सन् २०१३ मा विवाह गरेकी उनले २०१५ मा डिभोर्स गरिन्। कार्यक्रमकै सिलसिलामा फेडोरसँग उनको भेट भएको थियो।

डिभोर्सपछि हाल निकोले बस्कोभसँग प्रेम चल्दैछ। उनीहरुबीच ५ अक्टोबर २०१७ मा विवाह हुने घोषणा गरिएको थियो। तर भिक्टोरियाको हजुरबाको निधनले विवाह रद्द गरियो। यसै वर्ष उनीहरुबीच विवाह हुने भनिएको छ।

सन् १९९९ बाटै मोडलिङमा उत्रिएकी उनले यही पेशाबाट मनग्ये कमाएको पनि बताइएको छ। अहिले उनीसँग ३० लाख अमेरिकी डलर सम्पत्ति रहेको बताइन्छ। उनीसँग फेरारी, बिएमडब्लु र मर्सिडिज गाडी पनि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell