PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

आजको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित



पहिलोपोस्ट

आजको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित
फाइल फोटो

काठमाडौं : संघीय संसदको आज हुने भनिएको संयुक्त बैंठक स्थगित भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक संचालन सम्बन्धी नियमावली आज पेश हुने कार्यक्रम थियो। 
 
आज हुने बैठकको जानकारी दुवै सभाका सदस्यलाई जानकारी नगराइएको भन्दै बैठक नहुने तय भएको हो। असार ३ गते राष्ट्रियसभा बैठक छ भने जेठ ३० गते प्रतिनिधि सभा बैठक बोलाइएको छ। यी दुवै बैठकपछिमात्रै संयुक्त बैठक बस्नेछ। 

आज संयुक्त नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले मस्यौदा बैठकमा पेस गर्ने कार्यक्रम थियो। 

हिजो राष्ट्रिय सभामा सभाध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सदस्यहरुलाई संयुक्त बैठकबारे जानकारी गराएका थिए तर प्रतिनिधि सभाका सदस्यहरुलाई जानकारी गराइएको थिएन।

राष्ट्रिय सभाध्यक्षका प्रेस संयोजक अशोक पौडेलले प्रतिनिधिसभाका सदस्यहरुलाई जानकारी नगराइएकाले बैठक स्थगित भएको बताए।

बैठकबारे जानकारी पाएका कोमल वली लगायतका राष्ट्रियसभा सदस्यहरु संसद भवनबाट फर्केका थिए।

नियमावलीमा सदनको संयुक्त बैठक सञ्चालनको कार्यविधि, समिति गठन, सदस्य तथा बैठक सञ्चालन विधि समेटिएको छ। यस्तै, संयुक्त सदनबाट निक्र्यौल हुनुपर्ने विषय पनि नियमावलीमा समेटिएको छ।

आज नियमावली पास गर्नेगरी कार्यसूची निर्धारण गरिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell