PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

युएन पार्कमा चलेको गोली - गुण्डा नाइके अशोक लामामाथि, वीर अस्पतालमा उपचार हुँदै



सविन ढकाल

युएन पार्कमा चलेको गोली - गुण्डा नाइके अशोक लामामाथि, वीर अस्पतालमा उपचार हुँदै
अशोक लामा

काठमाडौं : ललितपुरको युएन पार्क नजिकै चलेको गोली लागेर गुन्डा नाइके अशोक लामा घाइते भएका छन्।  दिउँसो १ बजेर १५ मिनेटमा गोली चलेको हो। 

महानगरीय अपराध महाशाखाको टोलीले गुन्डा लामामाथि गोली प्रहार गरेको हो। प्रहरीको फरार सूचीमा रहेका लामासँग जम्काभेट भइ चेक गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरेकाले गोली चलाएर नियन्त्रणमा लिइएको  महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।

३८ वर्षीय लामा गुन्डा नाइके दावा लामासँग निकट भएर गुन्डागर्दी गर्दै आएको प्रहरीको दावी छ। लामाको खुट्टामा एक गोली लागेको छ। घाइते लामाको वीर अस्पतालमा उपचार भइरहेको छ। उनीविरुद्ध व्यापारी, ठेक्केदारलाई धम्काउने पैसा असुल गर्ने उजुरी परेको एसपी उप्रेतीले बताए। उनका अनुसार लामा मिटर ब्याजमा लगानी गर्ने कारोबारीसमेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell