PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

बालाजु गोदाममा कृषिमन्त्रीको छापा



पहिलोपोस्ट

बालाजु गोदाममा कृषिमन्त्रीको छापा

काठमाडौं : कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले बालाजुस्थित आधुनिक डेरी प्रोडक्ट, शुलभ कृषि डेरी र डिडिसी दुधको उत्पादन केन्द्रमा छापा मारेका छन्।

मन्त्री खनालले सोमबार बिहान बालाजुस्थित तीन वटै दुध डेरीको उत्पादन केन्द्रको अनुगमन गरेका हुन। 

अनुगमनका क्रममा आधुनिक डेरी प्रोडक्ट र सुलभ डेरीको पाउडरको गोदाम न्यूनतम मापदण्ड भित्र पनि नरहेको पाइएपछि शील गरिएको हो। 

डीडीसी दुधको पनि गुणस्तर परिक्षण गर्ने र मापदण्ड पूरा नगरेको पाइए कारबाही गर्ने मन्त्री खनालले बताए। 

मन्त्री खनालले तीन वटै दुधको ३० वटा नमुना परीक्षणका लागि लगिएको र त्यसमा गुणस्तर नभएको पाइए कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिए।

मन्त्रीसँग पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरूले ३ वटै दुध डेरीका करिब ३० वटा स्याम्पल पिस परीक्षणका लागि लिएका छन्। सो परिक्षण आजै हुने र गुणस्तरहिन देखिए कारबाही प्रक्रिया अघि बढाउने मन्त्री खनालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell