PahiloPost

May 15, 2026 | १ जेठ २०८३

प्रदीप पौडेलको प्रश्न : प्रधानमन्त्री ज्यू रातभर नसुतेर के गर्नुहुन्छ, काँग्रेसलाई मात्र घोचेर हुन्छ?



पहिलोपोस्ट

प्रदीप पौडेलको प्रश्न : प्रधानमन्त्री ज्यू रातभर नसुतेर के गर्नुहुन्छ, काँग्रेसलाई मात्र घोचेर हुन्छ?

काठमाडौं : नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेसलाई पेलेर जाने नीति लिएको आरोप लगाएका छन्।

राजधानीको बत्तीसपुतलीमा नेविसंघ काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काँग्रेसलाई पेलेर जाने नीति ठिक नभएको बताए।

'केपी ओली देशकै प्रधानमन्त्री हो। कांग्रेसको पनि प्रधानमन्त्री हो। अरू पार्टीको पनि प्रधानमन्त्री हो,' नेता पौडेलले भने,  'उहाँ २ बजेसम्म नसुती काम गर्नु हुन्छ रे। रात भर नसुतेर के गर्नुहुन्छ? अरू के गर्नुभएको छ? काँग्रेसलाई पेल्ने नीति बनाउनुहुन्छ होला। काँग्रेसलाई मात्र घोचेर हुन्छ। पेलेर मात्र हुन्छ?'  

सरकारमा जानुअघि समृद्धिको कुरा गर्ने प्रधानमन्त्री ओलीले जनतालाई महँगी  उपहार दिएको भन्दै उनले ओली दोष दिने मान्छे भएको र सरकारमा गएपछि सबै बिर्सेको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell