काठमाडौं : नेपाली काँग्रेस नेता तथा साँसद गगन थापाले सबैभन्दा ठूलो संघीयताविरोधी अहिलेका सरकार प्रमुख भएको आरोप लगाएका छन्।
प्रदेश लगायत स्थानीय तहलाई अवमुल्यण गर्दै सरकारले संघीयता विरोधी काम थालेको उनको आरोप थियो। नेता थापाले संघीयताको रक्षामा कांग्रेसले ड्युटी गर्नुपर्ने समेत बताए।
'संघीयतालाई विप्लव र पूर्वराजा ज्ञानेन्द्रभन्दा पनि र प्रधानमन्त्री केपी शर्मा ओलीबाट खतरा,' उनले भने।
कांग्रेस महासमितिबाट विधान संशोधन गरी अधिवेशनको प्रक्रियामा जानुपर्ने उनले बताए।
'पुरानो ठाउँमा हैन नयाँ ठाउँमा पुर्यावउनुपर्छ। पुरानो ठाउँमा लाने नेतृत्वको सोचले यो सम्भव छैन,' उनले भने।
अब कांग्रेसमा चाकरीबाज चल्दैन : नेता सिटौला
यसैबीच कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अब काँग्रेसमा चाकरिवाद नचल्ने बताएका छन्। नेविसंघको कार्यक्रममा उनले भने, 'बनाएको हैन बनेको पार्टी हो कांग्रेस। कांग्रेसले बाटो बिरायो। काठमाडौमा आयो चाकरी गर्योो सकियो। कमान गुनासो छ। तानाशाह ढाल्ने कांग्रेसमा चाकरीबाज सामन्तवादमा फस्यो।'
यस्तै भएमा कांग्रेसको भविष्य नरहने समेत उनले बताए। 'जमात जमातमात्र रहन्छ। बलियो हुदैन्,' उनले भने, 'मनोनीतमा खै बुद्धिजीवी। अब चाकरीबाज चल्दैन।'
नेता सिटौलाले कांग्रेस नयाँ ढंगले चल्नुको विकल्पसमेत नरहेको बताए। 'पार्टीका नेताले हात मिलाउँदैमा पार्टी मिल्दैन। व्यवहारमा मिल्नुपर्यो। कांग्रेस कार्यकर्ताको गुनासो प्रतिनिधि सभामा भूमिका देखिएन भनेर,' उनले भने, 'अब नयाँ ढंगले अघि बढ्नुपर्छ। सत्ताको सीमित जिम्मेवारी हुन्छ। प्रतिपक्षीको असीमित जिम्वेवारी हुन्छ। युवामाथि भर छ हाम्रो। विद्यार्थीले जिम्मेवारी लिनुपर्छ।'