PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

नेविसंघलाई प्रकाशमानको सुझाव : पार्टीका बुढा नेताहरुलाई फेसबुक चलाउन सिकाउनपर्‍यो



पहिलोपोस्ट

नेविसंघलाई प्रकाशमानको सुझाव : पार्टीका बुढा नेताहरुलाई फेसबुक चलाउन सिकाउनपर्‍यो

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जमानाअनुसार चल्न नसकेको उल्लेख गर्दै प्रचार शैली परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन्।

नेविसंघ काठमाडौंले बत्तीसपुतलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफू निर्वाचनमा होमिदाँ फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रभाव देखेर प्रभावित भएको बताए।

सांसदमा निर्वाचित हुनुअघि आफूलाई यसको प्रभावकारिताबारे खासै थाहा नभएको प्रसंग उल्लेख गर्दै उनले भने, 'आइटीको जमाना छ। इन्टरनेटको जमाना छ। पार्टीलाई नयाँ प्रविधिअनुसार प्रचारमा लैजान सक्नुपर्छ। पुराना कुरालाई मात्र जपेर अब पार्टी ठुलो हुदैन। प्रविधिसँग पनि अपडेट हुदै जानुपर्छ। फेसबुक, ट्वीटरजस्ता सोसल साइट हामीजस्ता बुढा नेतालाई चलाउन सिकाउन पर्‍यो।'

यसका लागि नेविसंघले भूमिका खेल्नुपर्ने सिंहको सुझाव थियो। 'यो निर्वाचनमा मैले सोचेकै थिएन यो फेसबुकले ब्रेन वास गर्छ भनेर, यो त यस्तो प्रभावकारी रहेछ। सबैले स्टाटसमार्फत पनि कांग्रेसलाई सुधार्ने भूमिका खेल्नुपर्छ।'

कार्यक्रममा उनले नेविसंघ कांग्रेस भन्दा हरेक कुरामा एक कदम अगाडि रहेकोसमेत बताए। एमाले र माओवादी मिलेर ने क पा बनिसकेको अवस्थामा कांग्रेस आफै मिल्न नसकेको गुनासो गर्दै सिंहले पार्टीलाई संस्थागत गर्नुपर्ने सुझावसमेत दिए। पार्टीको नेतृत्वमा भएकाहरु विधि बमोजिम चल्नुपर्ने सिंहको तर्क थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell