PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

२९ करोड लागतको फोर लेन सडकको उपहार : धुलो, धुवाँ र सास्ती 



पी बी खड्का

२९ करोड लागतको फोर लेन सडकको उपहार : धुलो, धुवाँ र सास्ती 

सुर्खेत : रत्न राजमार्ग अन्तर्गत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधिन फोरलेन सडक। सडकको निर्माण कार्य तिव्र गतिमा नहुँदा सर्वसाधारलाई निकै सास्ती। गाडि चालक सहित पैदल यात्रु सर्वसाधारणले करिव ३ वर्ष अघिदेखि सास्ती खेप्न बाध्य छन्। 

निर्माण व्यवसायीले निर्माणाधिन सडकको विच भागमै ढुङ्गा, माटो लगाएतका निर्माण सामग्रीले झनै हिड्ने पैदल यात्रु र सवारी आवागमनमा समस्या छ। सुर्खेतको मुख्य नाका मंगलगढी चोकमा समेत निर्माण सामाग्री भरीभराउ राखिएको छ। चोक चौतर्फी आवत जावत गर्ने स्थल मानिन्छ। साथै बस पार्क नजिकै भएकाले पनि उक्त चोकमा गाडिको भिड निकै हुने गर्छ। तर, निर्माण व्यवसायीले निर्माण सामाग्री सही तरिकाले व्यवस्थापन नगर्दा र सरोकारवाला निकायको ध्यान नपुग्दा स्थानीयवासी लगाएत गाडि चालक र पैदल यात्रुले सास्ती खेप्न बाध्य छन्। 

राजधानी सुर्खेत वीरेन्द्रनगरको धुलियाबिटदेखि संञ्चयकोष सम्मको चारलेन सडक निर्माण कार्य पहिलो चरणमा सकियो भने दोस्रो चरण अन्तरगतको संञ्यकोष देखि बांगेसिमल सम्मको सडक निर्माणाधिन छ। सो सडक निर्माण कार्य निकै सुस्त गतिमा भइरहेको छ। 

निर्माणाधिन सडकको धुवाँ, धुलो र वर्षामा हिलोले सास्ती खेप्दै आएको वीरेन्द्रनगरका नविन शाहीले गुनासो गरे। ‘सडकको धुवाँ, धुलोले पैदल यात्रु र सडकका छेउछाउका घरधनीलाई निकै सताएको छ।’उनले भने,‘निर्माण कार्य ढिला भएर होला, अझै कति दुःख पाउनुपर्ने हो।’ 

निर्माण सामाग्री सही व्यवस्थापन नहुँदा समेत सास्ती भएको उनले बताए। ‘सडक बनाउन लागेर त एका तिर दु:ख पाएकै छौँ, त्यसैमाथि निर्माण सामाग्री विच सडकमा राख्दा झनै सास्ती भएको छ।’

निर्माणको जिम्मा लिएको कम्पनीले सडकमा पानी प्रयोग नगर्दा निकै धुलो हुने गरेको उनले गुनासो गरे।
 
यसैगरी, वीरेन्द्रनगर खजुरा १० स्थित मोडेल कलेजमा अध्यनरत भावना शर्माले सड्कमा रहेका निर्माणधीन मेसीनले गर्दा पढाईलाई निकै असर पर्ने गरेको बताइन्। सडक नजिकै कलेज भएको हुदाँ त्यहाँ भएका डोजर लगायतका मेसिनको आवाजले गर्दा पढ्न गाह्रो हुने बताइन्। ‘सडकको छेउमा कलेज छ।’ उनले भनिन्,‘सडक निर्माण कार्यले पढाईमा डिस्ट्रव हुन्छ, मेसिनहरुको आवाज आउँछ।’

यस्तै, सुर्खेत– नेपालगञ्ज बस चालक खड्क केसीले फोरलेन सडकले गाडी चालकहरुलाई समेत सास्ती हुने गरेको बताउँछन्। सडकमा भएको धुलोको कारणले गर्दा पनि बाटो नै देखीनै मुस्कील पर्ने  गुनासो गरे। त्यस्तै, सडकको विच भागमा भएका निर्माण सामाग्रीले समेत गाडि आवत जावतमा कठिनाई भएको उनले बताए। 

झण्डै २९ करोडमा फोरलेन सडक 


फोरलेन सडक निमार्णमा २८ करोड ७५ लाखको लागतमा निर्माण हुन लागेको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जीनियर दिपेन्द्र विष्टले जानकारी दिए। उनका अनुसार चारलाइन सडक निर्माणको काम पहिलो चरणको सकिसकेको छ भने दोस्रो खण्डको करिब अन्तिम हुन लागेको छ। 

पहिलो चरणको वीरेन्द्रनगरको धुलियाबिटदेखि संञ्चयकोषसम्म १४ करोड ३५ लाख ६४ हजार ५ सय ८० मा २०७२ सालमा ठेक्का सम्झौता भएको थियो। 
 
त्यस्तै, दोस्रो चरण अन्तरगतको संञ्चयकोष देखी कालागाँउ चोकसम्मको काम तीव्र गतिमा हुनु पर्ने भए पनि त्यसो हुन नसकिरहेको इन्जीनियर विष्टले बताए।

सञ्चययकोष देखी कालागाउँ चोक सम्मको चारलाइन सड्कको काम अहिले सम्म ५० प्रतिशत काम सकिएको  जनाईएको छ। 

दोस्रो चरणको काम गर्ने सम्झौता स्वच्छन्द सिएमएन शंकर जेबीले २०७३ सालमा सम्झौता गरेको र २०७५ सालमा सक्ने गरी १४ करोड ४० लाख ४१ हजार ५सय ९१ मा ठेक्का सम्झौता गरेको हो।

काम छिटो सक्न ताकेता गरिरहेकै छौँ-नगरप्रमुख सुवेदी


त्यसैगरी नगरप्रमुख देवकुमार सुवेदीले सडको काममा तीव्रता दिन ताकेता गरिरहेको बताए। नगर भित्रको काम र राजधानी भइसकेकाले अव छिटो भन्दा छिटो निर्माण कार्य सक्नुपर्ने उनको भनाई छ। ‘काम छिटो सक्न ताकेता गरिरहेकै छौँ।’ उनले भने,‘व्यवसायीले अलि ढिला गरेको छ, हामीले हाम्रो तर्फ बाट भनिरहेकै छौं, अझै पनि भन्छौँ।’

निर्माणाधीन सडकमा दिनको २ पटक पानी हाल्न लगाएको उनले बताए। उनका अनुसार सडकमा धेरै पानी हाल्नाले हिलो हुने भएकाले दिनमा २ पटक पानी हाल्ने गरेको उनको भनाई छ। ‘निर्माण व्यवसायीलाई दैनिक दिनको दुई पटक पानी हाल्न लगाएका छौ।’ उनले भने,‘निर्माण सामाग्रीलाई एक तर्फी स्थान हेरेर व्यवस्थापन गर्न लगाउँछौँ।’ सडक निर्माण कार्यले सास्ती भएपनि अव छिटो भन्दा छिटो काम सक्न ताकेता गर्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell