PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वडा सदस्य मना सार्कीलाई शहीद घोषणा गर्न माग, प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन



पी बी खड्का

वडा सदस्य मना सार्कीलाई शहीद घोषणा गर्न माग, प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन

सुर्खेत : कालीकोट नरहरिनाथ गाउँपालिका–९ का निर्वाचित दलित महिला वडा सदस्य मना सार्कीलाई शहीद घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रामबहादुर थापालाई छुट्टा छुट्टै ज्ञापन पत्र बुझाइएको छ।

सोमबार सल्यान र सुर्खेतका दलित महिला अधिकारकर्मीहरुले विभिन्न माग राखी ज्ञापन पत्र बुझाएका हुन्।
 
यसैबीच सार्कीको हत्यारालाई कार्बाहीको माग गर्दै सल्यानमा समेत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। राजनीतिक दलित प्रतिनिधि, दलित नागरिक समाज र बुद्धिजीवीहरुले जिल्ला प्रशासन कार्यलय सल्यान मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।
 
घटनाको निन्दा गर्दै दोषीलाई कडा भन्दा कडा कावार्हीका लागि दवावस्वरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई जिल्ला प्रशासन कार्यालय सल्यान मार्फत् संयुक्त हस्ताक्षर गरी ज्ञपानपत्र बुझाएका हुन्।

त्यस्तै यता सुर्खेतका दलित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यलय सुर्खेत मार्फत् गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका छन्। 

नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको लामो समय बित्तिसक्दा पनि दलित समुदायमाथि पटकपटक हुने यस्ता घटनाले दलित समुदायकोे अस्तित्व, पहिचान र अधिकारमाथि दमन भएको भन्दै भन्दै ज्ञापनपत्र बुझाइएको हो।
  
ज्ञापनपत्रमा मृतक मना सार्कीलाई शहीद घोषणा गरिनुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने अपराधीलाई सर्वश्वसहित हदैसम्मको कारवाही हुनुपर्ने लगायतको माग राखिएको छ।
 
त्यस्तै ५ दिनभित्र सत्यतथ्य छानविन गर्न समिति गठन गर्नुपर्ने, पीडित परिवार र त्यहाँका दलितहरुको पूर्ण सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने माग अघि सारेका छन्। मना सार्कीको गत जेठ १९ गते गाउँकै छिमेकीद्वारा हत्या गरिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell