PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

अमेरिकी राष्ट्रपति  ट्रम्प र उत्तर कोरियाली नेता किमबीच  ऐतिहासिक भेटवार्ता  सम्पन्न



पहिलोपोस्ट

अमेरिकी राष्ट्रपति  ट्रम्प र उत्तर कोरियाली नेता किमबीच  ऐतिहासिक भेटवार्ता  सम्पन्न
PHOTO : REUTERS

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटवार्ता सम्पन्न भएको छ। सिंगापुरको सेन्तोसा टापुमा रहेको कापेला होटलमा भएको वार्ता सकरात्मक भएको प्रतिक्रिया दुबै नेताले दिएका छन्। 

दुई नेताबीच करिव ४५ मिनेट भेटवार्ता भएको हो। दुई नेताबीच वान टु वान वार्ता भएको हो।

दुबै नेताहरु दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोरियाली प्रायद्धीपको  आणविक कार्यक्रम निशस्त्रीकरण लगायतका विषयमा छलफल भएको छ।

उत्तर कोरियालीका नेताले कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिलार्इ पहिलोपटक भेटेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell