PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

पोखरीमा डुबेर बालकको मृत्यु



पहिलोपोस्ट

पोखरीमा डुबेर बालकको मृत्यु
प्रतीकात्मक तस्विर

राजविराज सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ स्थित पोखरीमा सोमबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ।

स्थानीय कैलाश साहका ११ वर्षीय छोरा देवकुमार साहको घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

केही दिनयता तराईमा बढेको अत्याधिक गर्मीका कारण गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने क्रममा देवकुमारको डुबेर मृत्यु भएको स्थानीयवासीले जनाएका छन्।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell