
काठमाडौं: हालै फिल्म 'कस्मिक लभ' बन्ने घोषणा भयो। लभ स्टोरीमा आधारित रहने फिल्मको असार ११ देखि छायाँकन शुरु हुनेछ। निर्माण टिम यतिखेर फिल्ममा समावेश गीतका रेकर्डिङमा व्यस्त छन्।
‘माया तिमीलाई' बोलको गीतको रेकर्डिङ सकियो। दिनेश सुवेदीको शब्द तथा बाबुल गिरीको संगीत गीतमा बाबुल र मिलन अमात्यको स्वर रहेकोछ। शंकर अधिकारीले निर्देशनमा बन्ने फिल्ममा कलाकार प्रशान्त ताम्राकार, अर्पण थापा र दीया मास्केको अभिनय रहनेछ। मुभी मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा सुरज प्रधानको प्रस्तुति रहनेछ।
फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश बज्रचार्यको छायाँकन, शेखर ज्ञावालीको कथा र बाबु साहेबको द्वन्द रहनेछ।