
काठमाडौँः संवैधानिक परिषद्को बैठक आज बोलाइएको छ। मंगलबार अपराह्न ४ बजे बैठक बोलाइएको हो। संवैधानिक निकायका पदाधिकारी सिफारिसको कार्यसूची रहेको छ। प्रतिनिधिसभा नियमावली पारित भएसँगै संसदीय सुनुवाइको बाटो खुलेको थियो। नियमावली पारितपछि परिषद बस्न लागेको हो।
मंगलबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिसको कार्यसूची तय भएको छ। यस्तै अख्तियार प्रमुख सिफारिसको पनि कार्यसूची तय भएको छ।
चैत १ गतेदेखि सर्वोच्चमा प्रधानन्यायाधीश पद रिक्त छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि न्यायलय नेतृत्वविहीन छ।
न्याय परिषदले चैत १३ गते सर्वोच्चका तीन वरिष्ठतम तीन न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो। दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नाम पठाइएको छ।
वरिष्ठता र यसअघिको प्रचलनका आधारमा जोशीको नाम प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना छ।
यस्तै, अख्तियारको प्रमुख आयुक्तमा हालका आयुक्त नवीन घिमिरेको चर्चा छ।
सिफारिसपछि पदाधिकारीको नाम संसदीय सुनुावइका लागि पठाइने संवैधानिक व्यवस्था छ।