
काठमाडौं: फिल्म रोमियो एण्ड मुना टिमले 'राक्षसी रुप'को पोस्टर सार्वजनिक गरेको छ। यसअघि पनि निर्माण टिमले पोस्टर सार्वजनिक गरेका थिए। साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ।
आफु भित्रको राक्षसलाई हटानुहोस् भन्ने ट्याग लाइन सहितको पोस्टरलाई ग्राफिक्सबाट तयार गरेको निर्माण टिमले जनाएको छ। निर्देशक नरेश कुमार केसीले फिल्ममा राक्षस पात्रलाई एउटा बिम्वको रुपमा प्रस्तुत गरिएको बताए।
फिल्ममन विनय र सृष्टिसँगै सुष्मा कार्की, सुरक्षा भट्टराई, प्रज्जवल सुजल गिरी लगायतको अभिनय छ। भि मोसन पिक्चर्स, पिएमजी पिक्चर्स र केएस प्रोडक्सनको प्रस्तुती रहेको रोमियो एण्ड मुनालाई विनय, प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन्।