
एन्फाका पूर्व कार्यवाहक अध्यक्ष ललित कृष्ण श्रेष्ठको स्मृतिमा आयोजित तेस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिप आजदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भएको छ।
च्याम्पियनसिपमा ए डिभिजनका १४ तथा मोफसलका ४ गरी कूल १८ टिमको सहभागिता रहेको छ। उद्घाटन खेलमा एनआरटी र मछिन्द्र क्लब खेल्दैछन्।
त्रिभुवन आर्मीले यसअघिका दुवै संस्करणको उपाधि जितेको थियो।