
काठमाडौं : काठमाडौं : आज बसेको संवैधानिक परिषद्को बैठक सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ।
संवैधानिक परिषद्को आजको बैठकको प्रमुख कार्यसूचीअनुसार जोशीको नाम सिफारिस गरिएको हो। प्रतिनिधिसभा नियमावली पारित भएसँगै संसदीय सुनुवाइको बाटो खुलेको थियो। नियमावली पारितपछि यो पहिलो परिषद बैठक हो।
चैत १ गतेदेखि सर्वोच्चमा प्रधानन्यायाधीश पद रिक्त छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि न्यायालय नेतृत्वविहीन रहेको हो।
न्याय परिषदले चैत १३ गते सर्वोच्चका तीन वरिष्ठतम तीन न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो। दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नाम पठाइएको थियो।
वरिष्ठताका आधारमा उनको नाम सिफारिस भएको हो। सिफारिसपछि जोशीमाथि संसदीय सुनुावाइ हुनेछ। जोशी सर्वोच्चका कायम मुकायम प्रधान न्यायाधीश हुन्।