PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

पर्सामा ३८ डिग्री तापक्रम : विद्यालय बन्द



राधेश्याम पटेल

पर्सामा ३८ डिग्री तापक्रम : विद्यालय बन्द

वीरगंज : तराईमा केही दिन यता बढेको गर्मीका कारण पर्साका सरकारी तथा निजी विद्यालय बन्द भएका छन्। पर्साको १४ वटा स्थानीय तहमा आआफ्नै निर्णयअनुसार बन्द गरिदै गइएको छ। वीरगंज महानगरपालिका, सखुवा प्रसौनीले एक सातादेखि बन्द गरेका छन् भने पकहामैनपुर गाउँपालिकाले आजदेखि विद्यालय बन्द गरेको नेपाल शिक्षक महासंघका पर्सा सदस्य चन्देश चौहानले जानकारी गराए।

उनले गर्मीका कारण विद्यालयमै विद्यार्थीहरुलाई रिँगटा लाग्ने, टाउको दुख्ने बेहोस हुने क्रम बढेपछि वर्षे बिदाबाट कट्टा हुने गरी एक साताको लागि गर्मी विदा दिइएको बताए। गर्मीको कारण वीरगंज बजारमा चहलपहल घटेको छ। इदुल फितर नजिकिदाँ पनि दिनमा वीरगंजका अधिकांश पसलहरु बन्द रहने गरेका छन्। गर्मीले तातो हावा बहँदा जनजीवन प्रभावित भएको वीरगंजका बब्लु कलवार बताउँछन्।

३८ डिग्री सम्म चढयो पारो


क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा रहेको जल तथा हावापानी मौसम विज्ञान केन्द्रको तथ्याक अनुसार यसै साता वीरगंजको तापक्रम ३८ डिग्रीसम्म पुगेको देखाएको छ। प्राविधिक शिवनन्दन यादवको अनुसार हिजोको अधिकत्म तापक्रम ३८ डिग्री र न्यून्तम तापक्रम २७ डिग्री रहेकोमा आज साढे ३७ डिग्री अधिकतम र २६ डिग्री न्यूनतम तापक्रम मापन गरिएको बताए।

गर्मीकै कारण वीरगंजका अस्पतालमा विरार्मीहरुको सख्यामा वृद्धि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell