PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

नेपाल र मंगोलियाबीच द्विपक्षीय परामर्श सन्यन्त्र गठन गर्ने सहमति



पहिलोपोस्ट

नेपाल र मंगोलियाबीच द्विपक्षीय परामर्श सन्यन्त्र गठन गर्ने सहमति

काठमाडौँ : नेपाल र मंगोलियाबीच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने सहमति भएको छ। मंगोलियाको राजधानी उलनबटारमा आयोजित दुई दिने भूपेरिवेष्ठित राष्ट्रहरूको अन्तर्राष्ट्रिय थिंक ट्यांक सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँको सरकारसँग सो सम्झौता गरेका हुन्।

सम्मेलनको साइडलाइनमा भएको द्विपक्षीय वार्तापछि द्विपक्षीय परामर्श संयन्त्रगठन सम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र मंगोलियाका तर्फबाट उनका समकक्षी दमादीन सोग्तबटारले हस्ताक्षर गरेका हुन्।

त्यहाँको परराष्ट्रमन्त्रालयमा मंगलबार बिहान भएको भेटवार्तामा दुवै समकक्षीले दुई देशको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।

यसैबीच आजै दिउसो परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँका राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा उनले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट त्यहाँका राष्ट्रपतिलाई शुभकामना सन्देश व्यक्त गरेका थिए। शिष्टाचार भेटका क्रममा उनले त्यहाँको शान्ति समृद्धि र त्यहाँका जनताको प्रगतिको कामना व्यक्ति गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell