PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मलेसियामा ज्यान गुमाएका युवाको शव नेपाल झिकाइदिन परिवारको अपिल



पहिलोपोस्ट

मलेसियामा ज्यान गुमाएका युवाको शव नेपाल झिकाइदिन परिवारको अपिल
प्रतीकात्मक तस्विर

फलेवासः आफ्नै साथीहरूको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी नसिब को तीन साता बितिसक्दा पनि शव नेपाल ल्याउन नसकेपछि परिवारले सहयोगको अपिल गरेको छ। 

पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोरको शव मृत्यु भएको १५ दिनसम्म पनि ल्याउन नसकेपछि मृतकका बुबा भीमबहादुर केसीले छोराको शव नेपाल झिकाइदिन आग्रह गरेका हुन्।

घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण पनि आफूहरूलाई विभिन्न निकायमा पुगेर ताकेता गर्न समस्या भएको भन्दै मृतक नशिवको परिवार शव नेपाल झिकाउन विभिन्न संघ संस्थामा धाइरहेको उनले गुनासो गरे।

रोजगारीका लागि मलेसिया पुगेका नशिवमाथि नेपाली साथीभाइले कुटपिट गरेका थिए। पेटमा फलामे रड घोचिएपछि उपचारको क्रममा उनको गत जेठ १५ गते मलेसियाकै पुत्रोदय अस्पतालमा निधन भएको थियो। 

रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका चार जना युवाले नशिवमाथि जेठ ६ गते आक्रमण गरेका थिए। नशिवको शव एक हप्तामै नेपाल आइपुग्ने भनिएको भए पनि अझैसम्म शव नआउँदा उनको परिवार हरेक दिन उनकै शोक र मृत शरीरको प्रतीक्षामा रहेको छ। 

करिब २० महिनाअघि रोजगारीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell