PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कर्णालीका खेलकुद मन्त्री अर्जेन्टिनाका फ्यान : भन्छन्, 'प्रदेशमा बहुआयामिक रंगशाला बनाउँछौँ'



पी बी खड्का

कर्णालीका खेलकुद मन्त्री अर्जेन्टिनाका फ्यान : भन्छन्, 'प्रदेशमा बहुआयामिक रंगशाला बनाउँछौँ'

सुर्खेत : विश्वकप फुटबल प्रतियोगिता नजिकिँदै जाँदा पछिल्लो समय फुटबल खेल खुम्चिएको कर्णालीमा समेत चिया, पसलदेखि साथीभाइबीच कुरा विश्वकप फुटबलकै हुने गर्छन्।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले समेत विश्वकपलाई सयम पाएसम्म विशेष नियाल्ने दाउमा छन्। खेलकुद मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका मन्त्री रावल खेलकुद असाध्यै मनपर्ने बताउँछन्। खेलकुद स्वास्थ्यका लागि फाइदा हुने भन्दै आफूले पनि स्कुले जीवनमा निकै फुटबल खेल्ने गरेको बताए ।
 
यसअघि हुने गरेका विश्वकप खेल पनि निकै उत्साहपूर्वक हेरेको भन्दै यस पटक पनि सकेसम्म नछुटाउने उनको भनाई छ।
 
रसियामा हुने विश्वकप २०१८ को २१ औँ संस्करणमा सहभागी हुने टिममध्ये आफूलाई अर्जेन्टिना मनपर्ने उनले बताए। ‘अर्जेन्टिनाको खेल असाध्यै मनपर्छ।’

किन त ? उनले जवाफ दिए,‘उनीहरु टिम–वर्क भएर खेल्छन् त्यो नै मन पर्छ।’ 

अर्जेन्टिनाको समूहमा उत्कृष्ट खेलाडी, खेलाडीको क्रियाशिलता देखेर प्रभावित बनेको उनले सुनाए । 

अर्जेन्टिनाका स्टार लियोनेल मेसी मन्त्री रावलका रोजाईमा पर्छन् । ‘मेसीको खेल र क्रियाशिलता, टिमसँग एक भएर खेल्ने हुँदा मन पर्छ’ उनले भने। 

बिहीबार बाट हुने विश्वकप फुटबललाई समय भएसम्म र फुर्सद पाएसम्म कोठामै टेलिभिजनमा हेर्ने योजनामा रहेको उनले बताए। ‘फुर्सद भएछ भने त कोठामै बसेर राति राति पनि हेरिन्छ।’ उनले भने,‘अहिले कामको चाप छ, खै हेरौँ कस्तो हुन्छ।’

पहिले पहिले साथीभाइसँग राति राति अरुको घर र बजारमा गएर भएपनि विश्वकप हेर्ने गरेको अनुभव सुनाए।
 

बहुआयामिक रंगशाला : ‘सके अन्तर्राष्ट्रिय, नभए राष्ट्रिय’

कर्णालीको खेलकुद विकासका लागि आफूले बहुआयामिक रंगशाला निर्माण गर्ने पहल गर्ने उनले बताए। ‘प्रदेशमा बहुआयामिक रंगशाला निर्माण गर्ने योजनामा छु, सके अन्तर्राष्ट्रिय नसके राष्ट्रिय रंगशाला बनाउँछौँ।’

उनले भने,‘हिमाली भेगलाई छुट्टै खालको रंगशाला, दश वटै जिल्लामा रंगशाला  र २४ निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण गर्ने योजनामा छौँ ।’ 

कर्णालीमा खेल क्षेत्रको विकास गर्नुपर्ने आवश्यक रहेकाले अब प्रदेश सरकारले बजेट समेत विनियोजन गर्ने जनाए । 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell