PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

ट्रक पल्टिँदा चालकको मृत्यु



पहिलोपोस्ट

ट्रक पल्टिँदा चालकको मृत्यु

राजविराजः पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनमा परी ट्रक चालक धनुषा बागुदवार–१ निवासी २८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ९८८ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। दुर्घटनमा परेका ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell