PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भोलिको वर्ल्डकप ओपनिङ खेलमा अर्जेन्टिनाका रेफ्री



पहिलोपोस्ट

भोलिको वर्ल्डकप ओपनिङ खेलमा अर्जेन्टिनाका रेफ्री

रसियाको लुझनिकी स्टेडियममा रसिया र साउदी अरेबियाबीच भोलि हुने विश्वकप २०१८ को उद्घाटन खेल अर्जेन्टिनाका नेस्टर पिटानाले सञ्चालन गर्ने भएका छन्। उक्त खेलमा जुआन पयाब्लो बेल्लाटी र हेर्नान माइडाना सहायक रेफ्रीको हुनेछन्। यस्तै ब्राजिलका सान्द्रो रिक्की चौथो अफिसियलको जिम्मेवारी दिइएको छ। 

रसिया विश्वकपमा यसपालिदेखि भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधिको पनि प्रयोग हुनेछ। उद्‍घाटन खेलमा भिएआर टोलीमा इटालीका म्यासिमिलिआनो इर्राटी, अर्जेन्टिनाका माउरो भिजलियानो, चिलीका कार्लोस एस्ट्रोजा र इटलीका ड्यानियल ओर्साटो रहेका छन्। 

यससँगै नेस्टर पिटाना अर्जेन्टिनाबाट दुर्इ विश्वकपमा सहभागीहुने दोस्रो रेफ्री बन्ने भएका छन्। यसअघि पिटाना २०१४ मा ब्राजिलमा भएको विश्वकपमा पनि  सहभागी भएका थिए। यसअघि नोर्बरटो कोइरेज्जा अर्जेन्टिनाबाट दुर्इ विश्वकपमा सहभागी भएका थिए।

पिटाना अर्जेन्टिनाका एक अनुभवी रेफ्री हुन। पहिलो पटक अर्जेन्टिनयन लिगमा रेफ्रीको भूमिका निभाएका पिटानाले २०१० मा पहिलो अन्तराष्ट्रिय खेल खेलाएका थिए। ब्राजिलमा २०१४ मा भएको विश्वकपमा उनले ४ खेलमा रेफ्री भएका थिए जसमा फ्रान्स र जर्मनीबीचको क्वाटरफाइनल खेल पनि रहेको थियो।
 
रसियाका विभिन्न १२ स्थानमा सञ्चालनहुने विश्वकपका ६४ खेलहरुका लागि ३६ रेफ्री, ६३ सहायक रेफ्री र १३  भिडियो एसिस्टेन्ट रेफ्री रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell