PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

३३ किलो सुन प्रकरण : बाजेको सेकुवामा प्रहरीको छापा



सविन ढकाल

३३ किलो सुन प्रकरण : बाजेको सेकुवामा प्रहरीको छापा
फाइल फोटो

काठमाडौं : सुन प्रकरणलाई लिएर प्रहरीले ‘बाजेको सेकुवा’का आउटलेटहरुमा छापा मारेको छ। 

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको नेतृत्वमा अनामनगर लगायत काठमाडौंभित्र रहेका बाजेको सेकुवाका आउटलेटहरुमा बुधवार दिउँसो छापा मारेको हो।

बाजेको सेकुवाको काठमाडौँमा बत्तीसपुतली, अनामनगर, गोंगबु, लबिम मल लगायतका १० ठाउँमा आउटलेट छन्। त्यसैगरी काठमाडौँ बाहिर पोखरा, चितवन र रुपन्‍देही तथा विदेशमा अमेरिकामा यसका आउटलेट छन्। 

सुन प्रकरणमा बाजेको सेकुवाका संचालक चेतन भण्डारीलाई प्रहरीले खोजी गरिरहेको छ। जिल्ला अदालत मोरङमा दायर मुद्दामा भण्डारीलाई प्रतिवादी बनाएको छ।

समितिको टोलीले सोमवार आरके ज्वेलर्समा छापा मारेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell