PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

अपडेट : ६ वटा बाजेको सेकुवा आउटलेटमा सिलबन्दी



सविन ढकाल

अपडेट : ६ वटा बाजेको सेकुवा आउटलेटमा सिलबन्दी

काठमाडौं : सुन प्रकरणलाई लिएर प्रहरीले बाजेको सेकुवा कर्नरमा छापा मारेको छ। काठमाडौंको १० वटा आउटलेज मध्ये ६ वटा सेकुवामा सिलबन्दी गरिएको अनुसन्धान टोलीका सदस्यले जानकारी दिए।

सरकारले गठन विशेष अनुसन्धान टोलीको  नेतृत्वमा अनामनगरमा रहेको सेकुवाबाट बुधवार दिउँसो छापा मार्न सुरु गरेको थियो। समितिका एक सदस्यले भने, 'छापा मारेकामध्ये ६ वटामा सिलबन्दी गरेका हौं।'

बाजेको सेकुवाको काठमाडौँमा बत्तीसपुतली, अनामनगर, गोंगबु, लविम मल लगायतका १० ठाउँमा आउटलेट छ। त्यसैगरी काठमाडौँ बाहिर पोखरा, चितवन र रुपन्देही तथा अमेरिकामा समेत यसको आउटलेट छ।

सम्बन्धित समाचार :

३३ किलो सुन प्रकरण : बाजेको सेकुवामा प्रहरीको छापा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell