PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

बाँकी बाजेको सेकुवामा किन गरिएन सिलबन्दी?

बाँकी बाजेको सेकुवामा किन गरिएन सिलबन्दी?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: सुन प्रकरणलाई लिएर प्रहरीले बुधवार बाजेको सेकुवा कर्नरमा छापा मारेको छ। काठमाडौंको १० वटा आउटलेट मध्ये ६ वटा सेकुवामा सिलबन्दी गरेको छ।

अनामनगर, गौरीधारा, बत्तिसपुतली लगायत ६ वटामा सिलवन्दी गरिएको सरकारले गठन विषेश छानविन समिति संयोजक ईश्वरराज पौडेलले बताए। पहिलोपोस्टसँगको कुराकानीमा पौडेलले भने, 'प्रतिवादी चेतन भण्डारीको पूर्ण स्वामित्व रहेको सेकुवा कर्नर मात्र सिलवन्दी गरेका हौं। अरुको पनि लगानी भएको सेकुवामा सिलवन्दी गर्दा मर्का पर्छ।'

बाजेको सेकुवाको काठमाडौँमा बत्तीसपुतली, अनामनगर, गोंगबु, लबिम मल लगायतका १० ठाउँमा आउटलेट छन्। त्यसैगरी काठमाडौँ बाहिर पोखरा, चितवन र रुपन्देतही तथा विदेशमा अमेरिकामा यसका आउटलेट छन्।

सेकुवा कर्नरका संचालक भण्डारीलाई खोजी गरिरहेको संयोजक पौडेलले बताए। 



ट्रेन्डिङ पोस्ट

Ncell