PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

३ अर्ब बिगो लगाएका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ अदालतबाट १० लाख रुपैयाँ धरौटी बुझाएर छुटे



पहिलोपोस्ट

३ अर्ब बिगो लगाएका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ अदालतबाट १० लाख रुपैयाँ धरौटी बुझाएर छुटे

काठमाडौं : भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले १० लाख रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको छ।

बुधवार थुनछेक बहसपछि धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो। अध्यक्ष श्रेष्ठ विरुद्ध करिब ३ अर्ब बिगो दाबीसहित काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको थियो।

प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो। सो क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा अध्यक्ष श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell