PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

ललित स्मृति यू-१८ फुटबल : थ्री स्टार र फ्रेण्ड्स विजयी



पहिलोपोस्ट

ललित स्मृति यू-१८ फुटबल : थ्री स्टार र फ्रेण्ड्स विजयी

काठमाडौं : थ्री स्टार क्लब र फ्रेण्ड्स क्लबले तेस्रो ललित स्मति यू-१८ फुटबल च्याम्पियनसिप अन्तर्गत बुधवारको खेलमा जित हात पारेका छन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा थ्री स्टारले मनाङ मर्स्याङ्दीलाई १-० ले हरायो। थ्री स्टारका लागि खेलको ४४औँ मिनेटमा टिका राज गुरुङले निर्णायक गोल गरे।

यस्तै दोस्रो खेलमा फ्रेण्ड्ले फार वेस्ट फुटबल क्लबलाई १-० ले नै पराजित गर्‍यो। १०औँ मिनेटमा सन्देश न्यौपानले गरेको गोल नै फ्रेण्ड्सको जितमा निर्णायक बन्यो।

जितपछि समूह डी मा दुवै टिमले समान ३ अंक जोडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell