PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

करेन्ट लागेर इलाममा एक युवकको मृत्यु



पहिलोपोस्ट

करेन्ट लागेर इलाममा एक युवकको मृत्यु

इलाम : इलामको माङसेबुङ गाउँपालिकामा काम गर्ने क्रममा करेन्ट लागि एक युवाको मृत्यु भएको छ ।

माङसेबुङ गाउँपालिका–४ का २८ वर्षीय नियुशन लिम्बूको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको हो। स्थानीय बागमारा खोलामा निर्माणाधीन पुलमा काम गर्ने क्रममा लिम्बूलाई साँझ करीब ६ बजे करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका लिम्बूलाई उपचारका लागि झापाको दमकतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ।

मृतकको शव झापाको दमकस्थित आम्दा अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell