PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

ठमेलबाट गुण्डागर्दी गर्ने राधे समूहका दुई जना पेस्तोलसहित पक्राउ



पहिलोपोस्ट

ठमेलबाट गुण्डागर्दी गर्ने राधे समूहका दुई जना पेस्तोलसहित पक्राउ

काठमाडौं :   ठमेल क्षेत्रमा गुण्डागर्दी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँबाट प्रहरी निरिक्षक अनिल ठकुरीको नेतृत्वमा खटिएको टोलीले काभ्रे देउराली ८  घर भएका २६ वर्षीय देवकुमार थापा र धादिङ घर भएका २९ वर्षीय कमल गुरुङलाई पक्राउ गरेको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। 

उनीहरूले 'राधे समूह'को नाममा ठमेल, ज्याठा क्षेत्रमा होटेल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीहरूलाई डर त्रास देखाई रकम असुल्दै हिँड्ने गरेको प्रहरीमा उजुरी परेको छ। प्रहरीले बुधवार राती उनीहरूको झोलाबाट एक थान रिभल्वर र खुकुरी समेत बरामद गरेको हो।  

थापाले राधे समूहमा रही गुन्डा गर्दी गर्दै हिँडिने र इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रको सेयर होल्डर  भएको प्रहरीमा बयान दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell