PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सानोमा मोजाको बल खेल्ने वीरेन्द्रनगरका मेयर भन्छन्, 'यसपालि नसुती वर्ल्डकप हेर्छु'



पी बी खड्का

सानोमा मोजाको बल खेल्ने वीरेन्द्रनगरका मेयर भन्छन्, 'यसपालि नसुती वर्ल्डकप हेर्छु'

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी विश्वकप फुटवल खेल हेर्न निकै उत्सुक भएको बताउँछन्।
 
फुटबलप्रेमी मेयर सुवेदी आफू सानो छँदा मोजाको बल र पछि ठूलो बल खेलेको भन्दै फुटबल असाध्यै मन पर्ने सुनाउँछन्। स्कूले जीवनमा सबैभन्दा बढी फुटबलनै खेल्ने गरेको सम्झना पनि उनले गरे। 
 
रसियामा हुने विश्वकप पनि समय भएसम्म नसुतेरै भएपनि फुटबल हेर्ने योजनामा उनी छन्। उनले भने, ‘मन पर्ने टिमको खेल त राति भए पनि हेर्ने विचारमा छु।’

मेयर सुवेदीको रोजाईमा जर्मनीको टिम पर्ने गर्छ। ‘प्रायः खेल्ने देशहरु मध्ये मलाई जर्मनी नै मन पर्छ,' उनले भने।

जर्मनीको समूहमा खेल्ने खेलाडीहरु एक भएर खेल्ने हुँदा मन पर्ने उनले बताए। टिमका खेलाडी मध्ये निकोलस उनको रोजाईमा पर्छ। ‘टिमका सवै खेलाडी मन पर्छन्, त्यसमा पनि अझै विशेष गरी निकोलसनै मन पर्छ’ मेयर सुवेदीले भने ।

अहिलेको विश्वकप समय मिले सम्म घरमै  टेलिभिजन हेर्ने बताए। ‘यस अघिका विश्वकप पनि टेलिभिजन सेटमा हेरिन्थ्यो, अहिले पनि अरु विकल्प खासै केही छैन।’
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell