PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

चितवनको उपरदाङ्गमा 'नालापानी'को छायाँकन



पहिलोपोस्ट

चितवनको उपरदाङ्गमा 'नालापानी'को छायाँकन

काठमाडौं:  यतिबेला ऐतिहासिक नेपाली फिल्म ‘नालापानी’को छायाँकन भईरहेको छ। निर्माण टिम अहिले चितवनको उपरदाङ्ग गढीमा छ। निर्देशक रिमेश अधिकारीले एक हप्ताको छायाँकन सकेर काठमाडौं फर्कने बताए।

फिल्मको नब्बे प्रतिशत छायांकन उपरदाङ्गमा सकिनेछ। बाँकीको दश प्रतिशत काठमाडौंमा छायाँकन हुने निर्माण टिमले जनाएको छ। धन बहादुर कुँवरले लेखेको पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित भएर फिल्म बन्ने भनिएको छ।

 फिल्ममा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतको मुख्य रहनेछ।

पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बन्ने फिल्ममा मनोज शाक्यको लगानी रहनेछ। फिल्मको लेखन रिमेश र कृष्ण आचार्यले गरेका हुन्। फिल्ममा रोशन श्रेष्ठको द्वन्द, बिपिन मल्लको सम्पादन, अच्युत गजुरेलको भिएफएक्स र  रामशरण उप्रेतीको छायांकन रहनेछ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell