PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

चितवनको चुम्लिङटारमा ट्रक र माइक्रोबस ठोक्किएः तीन जनाको मृत्यु, ९ जना घाइते 



पहिलोपोस्ट

चितवनको चुम्लिङटारमा ट्रक र माइक्रोबस ठोक्किएः तीन जनाको मृत्यु, ९ जना घाइते 
तस्विरः सञ्जय पोखरेलको फेसबुकबाट

काठमाडौँः चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकापसपमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ७ः३० बजे चुम्लिङटारको पानीधारास्थित सडकखण्डमा पोखराबाट काठमाण्डौँ आउँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबस र काठमाण्डौंबाट मुग्लिङ जाँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना हुँदा ट्रक सडकबाट करिब ५०० मिटर तल त्रिशुली नदी किनारमा खसेको छ। माइक्रो घटनास्थलमा नै रहेको छ। 

दुर्घटनामा माइक्रोमा सवार ३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परी ९ जना यात्रु घाइते भएका छन्। घाइतेको उपचारका लागि भरतपुर लगिएको छ। मृतक र घाइतेको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell