PahiloPost

Jun 15, 2026 | १ असार २०८३

५ सय लिटर घरेलु मदिरा नष्ट



पहिलोपोस्ट

५ सय लिटर घरेलु मदिरा नष्ट

पाल्पाः इलाका प्रहरी कार्यालय रामपुरले  अवैध घरेलु मदिरा नष्ट गरेको छ।

रामपुर नगरपालिका वार्ड नम्बर  ५ स्थित रहेको बेजाड बजारका केही होटेल लगायतका विभिन्न स्थानबाट बिक्री वितरणको लागि तयारी अवस्थामा राखेको पाँच सय लिटर भन्दा बढी अवैध घरेलु मदिरा नष्ट गरेको प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए।

समाजमा झैझगडा र अपराधको एउटा मुख्य कारण रूपमा रहेको अवैध घरेलु मदिरा भएकाले नियन्त्रणमा लिएको प्रहरीको दाबी छ। 

शुक्रवार बिहान स्थानीय वडा सदस्य, उधोग वाणिज्य संघका अध्यक्ष, पत्रकार र रामपुर नगरपालिकाका प्रतिनिधि  लगायतका उपस्थितिमा मदिरा नष्ट गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell