PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कर्णालीको बजेट : पूर्वाधार प्राथमिकता सहित २८ अर्व २८ करोड २८ लाखको बजेट 



पी बी खड्का

 कर्णालीको बजेट : पूर्वाधार प्राथमिकता सहित २८ अर्व २८ करोड २८ लाखको बजेट 

सुर्खेत : कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत भएको छ। आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गरेका हुन्।
 
आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु. २८ अर्ब २८ करोड २८ लाख २८ हजार विनियोजीत बजेट प्रस्तुत गरेका थिए। कूल विनियोजन मध्ये चालु तर्फ रु. ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पुँजीगत तर्फ रु. २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार तथा वित्तीय व्यवस्थापन तर्फ रु. ४० करोड विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट रु. ५० करोड, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने अनुमानित रकम रु. ५० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँड वापत प्राप्त हुन आएको रकम रु. ५ अर्ब ५१ करोड ६६ लाख १५ हजार र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु. ९ अर्ब १३ करोड १४ लाख र सशर्त अनुदानबाट रु. ६ अर्ब ६३ करोड ४१ लाख ५० हजार परिचालन गर्ने बताए । त्यसै गरी समपूरक र विशेष अनुदानबाट रु. ५ अर्ब प्राप्त हुने अनुमान गरिएको छ । सो अनुदानबाट समेत नपुग हुन जाने रु. १ अर्ब अन्तरिक ऋण परिचालनबाट व्यहोर्ने व्यवस्था मिलाएको मन्त्री ज्वालाले बजेट प्रस्तुत गरेका थिए । 

‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना सहित प्रदेश सरकारले बजेट ल्याएको छ ।   भौतिक पुर्वाधार विकासलाई उच्च प्राथमिकतामा बजेट विनियोजन गरिएको छ । प्रदेशको भौगोलिक विकटतालाई सुगममा बदल्न प्रत्यक्ष प्रभाव पार्ने जल स्रोेत, पर्यटन, उर्जा, सडक, खानेपानी, लगाएतको क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । 

त्यस्तै, कर्णालीका जनताको जीवनस्तर माथि उकास्न रोजगार सिर्जना गर्ने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ । 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell